गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध: गृह राज्यमन्त्री श्रेष्ठ

Posted on: 29 Aug, 2017


भदौ १३, काठमाडौं । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले गुन्डागर्दी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

कुनै पनि खालको गुन्डागर्दी सह्य नहुने बताउदै उनले गुन्डागर्दी यिन्त्रणको लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । ‘निर्वाध रुपमा सबै नागरिकहरुले निधक्क भएर भएर आफने पेसा व्यवसाय गर्न पाउनु पर्छ’, उनले भने,‘कुनै पनि वहानामा हुने गुन्डागर्दी सरकारले नियन्त्रण गर्छ ।’

उनले व्यवस्थापन सम्बन्धि कानुन नहुँदा प्राकृतिक प्रकोपपछिको व्यवस्थापनमा कठिनाई भएकाले सरकारले छिट्टै विपद व्यवस्थापन ऐन ल्याउने बताए । प्राकृतिक प्रकोपपछिको उद्धारा राहत र पुर्नस्थापना कार्यमा सहज गराउन विपद व्यवस्थापन विधेयक सहमतिको लागि कानुन मन्त्रालयमा पठाएको उनको भनाई थियो । 

सोमवार राजधानीमा रामेछाप–काठमाडौ पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले बाढी पहिरो  लगायतका प्राकृतिक विपदपछि एकद्धारा प्रणालीबाट नै राहत वितरण  गर्ने कार्य प्रभावकारी रहेको बताए । उनले एकद्धार प्रणालीबाट राहत वितरण गर्दा पीडितहरुले सहज रुपमा राहत प्राप्त गरेको उनले बताए ।


रामेछाप जिल्लाको विकास निर्माणको बारेमा आफूले प्राथमिकता निर्धारण गरेर नै काम गरेको बताउदै मन्त्री श्रेष्ठले भने,‘जिल्लामा मुख्य सडक, विद्युतीकरण, खानेपानी, जलविद्युत आयोजना, खानेपानीको समस्या समाधान गर्न प्रतिबद्ध भएर लाग्छु ।’

रामेछापमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै सम्पन्न गर्न प्रभावकारी भूमिका खेल्ने बताउदै उनले जिल्लाको विकासको आधार उर्जा नै भएकोमा जोड दिए । जिल्लामा रहेको जलविद्युत आयोजनालाई अगाडि बढाउन समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गर्दै जलाशययुक्त आयोजना सञ्चालन गर्न सकेको खण्डमा रामेछापको मुहार नै फेरिने बताए ।

उनले नयाँ संरचना अनुसार गठन भएको रामेछापको ८ वटै स्थानीय तहमा रहने गरी एक एक वटा साना सहर निर्माणको कामलाई अगाडि बढाउन शहरी विकास मन्त्रालयसँग कुराकानी अगाडि बढाएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!