विप्लव माओवादीको अर्को आतंक: भूकम्प आएछ भन्दै कर्मचारीहरु भागाभाग !

Posted on: 18 Sep, 2017

असोज २, रामेछाप | नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तमाथि मोबिल खन्याएका छन् । 

जनकारबाहीको नाममा जिल्ला विकास समिति रामेछापका अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्युनिष्ट पार्टी रामेछापद्वारा कालोमोसोको नाममा मोबिल खानाएका हुन् । सोमबार दिउँसो स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमा पुगेका एक अपरिचित व्यक्तिले एक्कासी पन्तको टाउकोमा मोबिल खनाएर भागेका थिए । हातमा रजिष्टर बोकेर पन्तको कार्यकक्ष प्रवेश गरेका टि व्यक्तिले बोकेको रजिष्टर अधिकारी पन्तलाई हेर्न दिएर केहि बेर उभिएर बसेका थिए । पन्तले रजिष्टर पल्टाएर अध्ययन गर्न लाग्दै गर्दा टि व्यक्तिले उनि माथि मोबाइल खनाई भागेको पन्तले बताएका छन् । 

मोबिल खनाएपछी आँखामा परेर आँखा पोल्न थालेपछि पन्तले उनलाई समात्न सकेनन् । माथिल्लो तलाबाट सिठी बजाउँदै एकजना भाग्दै गरेको देखेपछी तल्लो तलामा काम गर्दै गरेका कर्मचारीहरुसमेत भूकम्प आएछ भन्दै भागाभाग गरेका थिए । अपराधी भागेपछी मात्र कर्मचारीहरुले घटनाबारे जानकारी पाएका थिए ।

जिल्ला समन्वय समिति रामेछापले सोमबार पत्रकार सम्मेलन गरी घटना निन्दनीय, अपराधिक र कायरतापूर्ण भएको भन्दै घटनाको भत्सना गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!