रामेछाप प्रदेशसभा १ मा एमाले उम्मेदवार पाैडेल बिजयी

Posted on: 10 Dec, 2017
प्रज्वल पाैडेल/मंसिर २४, काठमाडौं । रामेछापकाे निर्वाचन क्षेत्र नं १ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् ।
अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६०५८ मत प्राप्त गरे ।
एमाले रामेछाप अध्यक्ष समेत रहेका पाैडेलले मतगणनाकाे सूरूवात देखि नै अग्रता रहेकाे थियाे । उनी ६,३११ मतान्तर सहित विजयी भएका हुन् । रामेछापमा प्रतिनिधि तथा प्रदेशका तीनै सिट वामगठबन्धनले जीतेकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!