तीन लालकाे भूमी रामेछापमा वाम गठबन्धनकाे 'क्लिन स्वीप'

Posted on: 10 Dec, 2017

प्रज्वल पाैडेल/मङ्सिर २४, रामेछाप । तीन लालकाे भूमी रामेछापमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिटमा काङ्ग्रेसलाई पराजित गर्दै वाम गठबन्धनले क्लीन स्वीप गरेको छ ।

संघीय प्रतिनिधी सभामा वाम गठबन्धनका साझा उम्मेदवार एवम् माअाेवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ 'कुशल' विजयी भएका छन् । उनका निटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ 'कान्छाराम'लाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् । पूर्व गृहमन्त्री एवम् विनाविभागिय मन्त्री समेत रहेका श्रेष्ठले ४२,११७ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।


तामाङले हजार ३५,७७१ मत ल्याए। माअाेवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहेका श्रेष्ठले र तामाङकाे ६ हजार ३ सय ४६ मतान्तर रहेकाे छ । प्रतिनिधि सभामा जम्मा ८९,५८७ मत खसेकाे थियाे । यसैबीच रामेछापकाे प्रदेश सभा 'क' अर्थात निर्वाचन क्षेत्र नं १ मा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् ।

नेकपा एमाले रामेछाप अध्यक्ष समेत रहेका पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६,०५८ मत प्राप्त गरे । यस्तै रामेछापकाे प्रदेश सभा 'ख' अर्थात निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् ।

नेकपा एमालेका नेता रहेका ढुङ्गेलले २६,९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार जीत बहादुर मगरले १४,७२९ मत प्राप्त गरे । ढुङ्गेलले १२,२०६ मतान्तर बनाउदै मगरलाई पराजित गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!