कार्कीको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको नयाँ कार्यसमिति गठन

Posted on: 01 Feb, 2018

नेपाल राष्ट्रिय शिक्षक संगठन रामेछापको अध्यक्षमा पुन: नीर बहादुर कार्की विजयी भएका छन् । सदरमुकाम मन्थलीमा १२ औँ अधिवेशनको बन्दसत्रबाट कार्की सर्वसम्मत निर्वाचित भएका हुन् ।


उनको नेतृत्वमा ३३ सदस्यीय नयाँ कमिटी निर्माण भएको छ । कमिटीको पूरुष उपाध्यक्ष टेक प्रसाद घिमिरे, महिला उपाध्यक्ष नैनकला श्रेष्ठ, सचिव मणि कुमार बस्नेत, सह- सचिव दुर्गा पौडेल, कोषाध्यक्ष सन्तोष पौडेल, सह कोषाध्यक्ष अमलाकुमारी श्रेष्ठ लगाएत अन्य सदस्यहरु रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!