रामेछापमा काङ्ग्रेस नेता ढुङ्गेलको प्रथम वार्षिक स्मृति सभाको आयोजना

Posted on: 17 Mar, 2018


निशा कार्की । चैत ३, रामेछाप ।

नेपाली काङ्ग्रेस रामेछापले काङ्ग्रेसका नेता एवम् पूर्व कृषि सहायक मन्त्री स्वर्गीय रामहरी ढुङ्गेलको प्रथम वार्षिक स्मृतिसभा गरेको छ ।  शनिबार मन्थलीमा रामेछाप काँग्रेस सभापति लवश्री न्यौपानेको अध्यक्षतामा स्वर्गीय ढुङगेलको स्मृतिसभाको आयोजना भएको हो । कार्यक्रममा महासमिति सदस्य अर्जुन केसी लगाएत रामेछापका नेता तथा कार्यकर्ताले स्वर्गीय नेता ढुङ्गेलको तस्वीरमा माल्यार्णपण गरेका थिए ।


स्मृतिसभामा बोल्दै वक्ताहरुले स्वर्गीय ढुङगेलले काँग्रेसको संगठन निर्माण र प्रजातन्त्र प्राप्तिका लागी पुर्‍याएको योगदान माथी चर्चा गरेका थिए । लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका महत्वपूर्ण भएको स्मरण गर्दै ढुङ्गेलले देखाएको आदर्शको बाटोमा काङ्ग्रेस चल्नुपर्ने उनीहरुले बताए ।


पञ्चायत व्यवस्थाका विरुद्ध कांग्रेसले चलाएको आन्दोलनदेखि राजनीतिमा सक्रिय भई, नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसका विभिन्न तहमा बसेर जिम्मेवारी सम्हाल्ने क्रममा पटक–पटक जेल जीवन समेत विताएका ढुङ्गेल कृष्णप्रसाद भट्टराइसँग बढी प्रभावित थिए । ढुङगेल रामेछापको जिल्ला सभापति हुनुको साथै, २०५६ सालमा रामेछापको क्षेत्र नम्बर २ बाट सांसदमा भए पश्चाुत गिरीजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा कृषि सहायक मन्त्री बनेका थिए ।उनको २०७३ साल चैत ३ गते हृदयघातका कारण निधन भएको थियो ।





तस्विर/ काङ्ग्रेस नेता लेखबहादुर कार्कीबाट




यस बिषयमा तपाइको प्रतिक्रिया...!