'भ्रष्टाचार मुक्त समाज निर्माण गर्न माया र न्याय सँगै लिएर हिड्न हुदैन'

Posted on: 20 Mar, 2018

प्रज्वल पौडेल । चैत्र ६, काठमाण्डौ । नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले 'माया र न्याय'सँगै लिएर हिड्दा 'भ्रष्टाचार मुक्त समाज निर्माण गर्न' नसकिने बताउनुभएको छ । मंगलबार सामाजिक संजाल फेशबुकमा स्टाटस मार्फत उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार मुक्त समाज बनाउनु भन्दा पहिले पार्टी र तिनका भात्रृसङ्गठनहरूले कसैसँग चन्दा लिन नहुने धारणा राख्नुभयो । नेतृत्व तहका नेताहरुले आफ्नो औकातभन्दा उच्च जीवन शैली नअपनाउने र इमान्दार कार्यकर्तालाई छक्याएर सेलिब्रेटी र धनाड्यहरूलाई अपर्झट राजकीय अवसर नदिने हो भनेपनि भ्रष्टाचार घट्ने पौडेलको बुझाइ छ ।

एमाले नेता पौडेललको स्टाटस जस्ताको तस्तै :

~"माया र न्याय"~

भ्रष्टाचार मुक्त समाज बनाउनु भन्दा पहिले ती पार्टी र तिनका भात्रृसङ्गठनहरूले->

* कतै/कसै (निर्माण ब्यवशायी, उद्याेगपति, व्यापारी, कर्मचारीअादि) संग चन्दा माग्नु हुँदैन ।

* ती पार्टीका तहतहका नेताहरू अाैकात भन्दा उच्च जीवन शैलिमा रहनु हुँदैन ।

* ईमान्दार कार्यकर्तालाई छक्याएर सेलिब्रेटी र धनाड्यहरूलाई अपर्झट राजकीय अवसर दिनु हुँदैन ।

* माया र न्याय संगसंगै हिंडाउन बलगर्नु हुँदैन ।

तब भ्रष्टाचार घटाउन सकिएला ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!