विप्लव समूहका रामेछाप ईन्चार्ज पक्राउ

Posted on: 05 Aug, 2019

साउन २०, काठमाडौँ |  काभ्रेको भुम्लु गाँउपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले विप्लव समूहका रामेछाप जिल्ला इन्चार्जलाई  पक्राउ गरेको छ । टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा विप्लव समूहका रामेछाप जिल्ला इन्चार्ज काभ्रेको धुलिखेल नगरपालिका ५ का यादव ढुंगेल पक्राउ परेका हुन् ।

ढुंगेललाई भम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ । काभ्रेका प्रहरी प्रमुखले ढुंगेललाई टावर आगजनी कसुरमा पक्राउ गरेको बताएका छन्  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!