रामेछाप नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा भेटिए

Posted on: 12 Jan, 2017

प्रज्वल पौडेल/पुस २८, रामेछाप । रामेछाप नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

आज बिहान रामेछाप नगरपालिका २ पारी टोलमा बस्ने ५७ बर्षिय हर्क बहादुर श्रेष्ठ आफ्नै घरको करिब २५-३० मिटर पश्चिमतर्फ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । श्रेष्ठलाई बाटोको गौडाको खुल्कीला टाउको बजारी मृत अवस्थामा फेला परेकोले प्रहरी चौकि रामेछापडाँडाको अधिकृत समेतको टोलीले घटनास्थलमा पुगि घटनाकोअनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!