रामेछापका १० गाबिसमा पशु प्राबिधिक थप

Posted on: 13 Jan, 2017

प्रज्वल पौडेल । पुष २९,रामेछाप ।

रामेछाप जिल्लाका विभिन्न गाबिसहरुमा जिल्ला पशु सेवा कार्यालयले १० जना पशु प्राविधिकहरु नियुक्त गरी बिभिन्न गाविसमा पठाएको छ । नेपाल सरकारको एक गाँउ एक पशु सेवा प्राबिधिक कार्यक्रम अन्तर्गत कार्यालयले बिहीबारबाट पठाएको हो । एक गाविस एक पशु सेवा प्राविधिक ब्यवस्थापन कार्यबिधि २०७३ अनुसार पशु सेवा प्राबिधिकहरु छनौट गरी गाउ पठाएका कार्यालयका प्रमुख  डा नारायण शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार जिल्लाको चुचुरे, रस्नालु, सैपु, बिजुलीकोट, गोठगाउँ, देउराली, पिङखुरी, हिलेदेवी, खनियापानी र गुन्सी गाविसहरुका लागि उनीहरुलाई पठाइएको छ । उहाँले भन्नुभयो – “गाविस सचिबसँगको समन्वयमा सम्भव भएसम्म गाविसको कार्यालयबाट वा आफु डेरागरी बस्ने घरबाट नै सेवा प्रवाह गर्नेछन् ।”

कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७२÷७३ मा ७ जना पशु प्राविधिकहरुलाई गौश्वारा, गुम्देल, प्रिति, राकाथुम, रामपुर, लखनपुर र हिमगंगा गाविसहरुमा  खटाइ सकिएको जिल्ला पशु सेवा कार्यालय रामेछापले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!