रामेछापमा स्वास्थ कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि उपलब्ध

Posted on: 08 Feb, 2017

प्रज्वल पौडेल । माघ २६, काठमाडौ । रामेछाप जिल्लाका सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने सबै औषधि रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 

सरकारी मापदण्ड अनुसारका स्वास्थ्य कार्यालयमा हुनुपर्ने सबै किसिमका औषधि जिल्लामा उपलब्ध रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.प्रकाशप्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी, जनस्वास्थ्य कार्यालयमा ५८ थरी, स्वास्थ्य चौकीमा ३५ थरी,उपस्वास्थ्य चौकीमा ३५ थरी, सामुदायिक स्वास्थ्य एकाइमा ३५ थरी,सहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निःशुल्क पाइने औषधि रहेको छ ।

जिल्लामा औषधी खरिदको गर्न ४३ लाखको अख्तियारी आएकाले ३ चरणमा औषधि खरिद गरिएको साहले बताउनुभयो । मध्यमाञ्चलका १९ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयमध्ये स्वास्थ्य सम्वन्धी गतिविधीमा रामेछाप पहिलो स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!