रामेछापमा जेसिबि दुर्घटना हुँदा एक जना घाइते

Posted on: 08 Feb, 2017

प्रज्वल पाैडेल। माघ २६,रामेछाप ।

रामेछापमा जेसिवि डाेजर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुधबार विहान बा.२ क ४७६० नम्बरको जेसिवि रस्नालु -२ धारापानि सुर्केमा दुर्घटना हुँदा जेसिविको सह-चालक रस्नालु – १ का १९ बर्षिय सोनाम शेर्पा घाइते भएका हुन् ।

उनकाे टाऊकोमा चोट लागेकाेले उपचारका लागि दाेलखा जिरी लगिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । रस्नालु गाविसबाट बेताली गाविस तर्फ गई रहेको साे जेसिवि सडकबाट करिब २००-३०० मिटर तल खसेकाे थियाे । जेसिवि चालक घटनास्थलबाट फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!