रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित

Posted on: 10 Feb, 2017

प्रज्वल पौडेल । माघ २८, काठमाडौ । रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा नेपाली लोक तथा दोहोरी गायक प्रकाश कटुवाल निर्विरोध निर्वाचित भएका छन् । बिहिबार काठमाडौंमा भएको रामेछापका कलाकारहरूको भेलाले कटुवालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्मित कार्यसमिति बरिष्ठ उपाध्यक्ष रामकुमार पौडेल,उपाध्यक्षमा सीता थापा, रामकुमार कार्की र सुन्दर बिरही पाख्रीन, महासचिव उत्तम पौडेल,प्रवक्ता कुमार कार्की,सचिव बिफा घिसिङ् ,सहसचिव उत्तम सुबेदी कोषाध्यक्ष नबिना घिसिङ् ,सह(कोषाध्यक्ष युनिक भोजराज बि।क रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रेमशिला योञ्जन्, सन्ध्या सानु घताने, सुन्दर गोपाल पौडेल, सुरज लामा (घिसिङ्) , एच्। बी। कार्की बिन्दास् ,तीर्थ बिरक्त पाख्रीन्, बिनोद लामा, सुशान्त कार्की, एच्। बी। रसाईली, संगम लामीछाने निर्वाचित भएको समाजले जनाएको छ ।

यसैविच रामेछाप सांस्कृतिक कलाकार समाजको नयाँ कार्यसमितिमा अत्यन्तै जुझारु टिम आएकोले आफू खुसि भएको अध्यक्ष कटुवालले बताउनुभयो । उहाँले भन्नुभयो( म पनि अत्यन्तै खुशी छु,आगामी दिनमा समितिले रामेछापका कलाकारहरुको हितमा काम गर्ने विस्वास छ । कला क्षेत्रको विकासका लागि सबैले सहयोग गर्ने उहाँले आशा व्यक्त गर्नुभयो । रामेछाप जिल्लामा जन्मिएर कलाकारिता क्षेत्रमा होमिएका गायक प्रकाश कटुवालको माग पछिल्लो समयमा नेपाल भित्र र बाहिर हुने महोत्सव तथा विभिन्न कार्यक्रममा बढ्दै गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!