रामेछाप केन्द्रबिन्दू बनाई दुई भूकम्पको धक्का, एक जना गम्भीर

Posted on: 27 Feb, 2017

फागुन १६, काठमाडौं । गत बर्ष बैशाख १२ गते गोरखा केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि पराकम्प जाने क्रम आजसम्म पनि रोकिएको छैन ।

आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्युडको पराकम्प गएको छ । लगतै आज बिहान १०:०६ मा दोश्रो भूकम्प (४.७ रेक्टरको) रामेछापलाई नै केन्द्रबिन्दु बनाई गएको छ 

यो गोरखा भूकम्पको पराकम्प भएको र अहिलेसम्म ४७९ वटा पराकम्प अमापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्युडभन्दा माथिको पराकम्पमात्र केन्द्रले सार्वजनिक गर्छ । 

रामेछापमा आज गएको पहिलो भूकम्पमा परि जिल्ला हुलाक कार्यालयका सुब्बा कमल कटुवालको छोरा शाहिल कटुवालको गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौँ ल्याईदैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!