रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ ३ जना घाइते

Posted on: 22 Mar, 2017

चैत ९, रामेछाप । रामेछापमा ट्याक्टर दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । 

बुधबार दिउँसो रामेछाप नगरपालिका वाड नं. ४ स्थित सुकाजोर बिट्टाटारबाट आउदै गरेको ना.अ. प ९७४ नम्बरको ट्याक्टर सुकाजोर खोलामा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

प्रहरीका अनुसार बज्रगुरू कन्सट्रकशनले सन्चालन गरेको सो ट्याक्टर सडकबाट १०-१२ मिटर तल झर्दा कम्पनिका तीन जना कामदार घाईते भएका हुन् । घाइतेको अवस्था सामान्य रहेकाले उनीहरूको मन्थली स्थित तामाकोशि सहकारी अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!