६ विद्यालयका दलित बालबालिकालाई विद्यालय सामाग्री वितरण

Posted on: 08 Apr, 2017


चैत २६, रामेछाप । रामेछाप जिल्लाको ठोसे श्रोत केन्द्र अन्तर्गतका दलित समुदायका विद्यार्थीहरुलाई शनिबार विद्यालय सामाग्रीहरु वितरण गरिएको छ । 

जिल्ला समन्वय समिति अन्तरगतको जिल्ला दलित वर्ग उत्थान जिल्ला समनन्वय समिति रामेछापको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले ती सामाग्रिहरु वितरण गरेको हो ।

ठोसेमा एक कार्यक्रमको आयोजना गरि सो श्रोत केन्द्र अन्तर्गतका ६ वटा विद्यालयका आधारभुत र माध्यामिक तहमा अध्यन गर्ने ३५ जना विद्यार्थीहरुलाई ती सामाग्री उपलब्ध गराइएको हो । आयोजक संस्थाका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा भएको सो कार्यक्रम संस्थाका केन्द्रिय सदस्य भिमबहादुर नेपालीको प्रमुख आतिथ्यतामा भएको थियो । 


हस्तान्तण गरिएका सामाग्रिमा विद्यालय ब्याग, विद्यालय पोशाक, कपि, डटपेन, ज्यामितिबक्स लगायतका सामाग्रिहरु रहेका छन् । दलित समुदायका विद्यार्थीहलाई अध्यनको लागि थप उत्प्रेरणा मिलोस् भनि विद्यालय सामाग्रि प्रदान गरिएको संस्थाका अध्यक्ष लेखबहादुर बिकले बताए । 

कार्यक्रममा केन्द्रिय सदस्य भिमबहादुर नेपाली, पत्रकार युनिक विफा घिसिङ, ठोसे माविका निमित्त प्रधानाध्यापक धनिराम खड्का लगाएतका बक्ताहरुले बोलेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका ज्वती सुवेदी, स्थानीय शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!