मन्थलीबाट काठमाडौं जाँदै गरेकाे सुमाे मुलकाेटमा दुर्घटना

Posted on: 22 Apr, 2017


बैशाख ९, रामेछाप । विपी लाेकमार्ग अन्तरगत सिन्धुली मुलकाेटमा सवारी दुर्घटना भएकाे छ ।

रामेछापबाट काठमाडौं जाँदै गरेकाे खाँडादेवी यातायातकाे ना १ ज ६१४८ नं सुमाे र काठमाडौं बाट अाेखलढुङ्गा अाउदै गरेकाे मध्यपहाडि यातायातकाे बा २ ख ६५९६ नं काे बस ठाेक्किदा दुर्घटना भएकाे हाे ।


सुमाेकाे अगाडि बस्ने यात्रु र ड्राइभर घाइते भएकाे बताइएकाे छ । दुर्घटना भएकाे सवारीलाई जेसिविले हटाएपछि सवारी साधन चल्न थालेकाे निराेज पाैडेलले जानकारी दिनुभयाे ।

दुर्घटनामा सुमाेकाे अगाडिको भागमा क्षति पुगेकाे छ । तस्विर: सौजन्य -रमेश फुँयाल

यस बिषयमा तपाइको प्रतिक्रिया...!