मन्थली बजारभित्र प्रेसर हर्न बजाउन निषेध

Posted on: 10 Jun, 2017

 जेठ २७, रामेछाप। रामेछापको सदरमुकाम मन्थली बजारक्षेत्र शनिबारवाट हर्न निषेधित गरेकोे छ ।

तामाकोसी ढुवानी सेवा समिति मन्थली र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको संयुक्त पहलमा मन्थली बजार भित्र प्रेसर हर्न बजाउन निषेध गरिएको हो । मन्थलीको भैसेश्वर देखि आकाशेसम्म प्रेशर हर्न वजाउन नपाइने जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।

प्रेसर हर्न बारे जानकारीकाे लागि अाकासे र रणजाेर खाेलामा सचेतना वाेर्ड समेत राखिएकाे छ । अनावश्यक हर्नले ध्वनी प्रदुषण हुने गरेकाे छ । हर्न निषेध अभियान भन्ने वित्तिकै पूर्ण रूपमा निषेध होइन । सामान्य अवस्थामा नबजाउन यो अभियान आएको हो । दुइटा अवस्थामा हर्न बजाउन पाइन्छ ।

एउटा घुम्तीमा र अर्को चालकलाई हर्न नबजाउँदा दुर्घटना हुनसक्छ भन्ने लाग्यो भने हर्न बजाउन पाइन्छ । राजधानीमा बैशाख १ गतेबाट हर्न निषेध गरिएकाे थियाे । उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा थियाेे ट्राफिक महाशाखाले जनाएकाे छ ।

हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको प्रहरीकाे दावी छ । उपत्यकामा हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ ।

हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ । मेलिना यस्माली मगरको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!