रामेछापको गुम्देलमा पहिराका कारण बाटो अवरुद्ध

Posted on: 13 Aug, 2017

रामेछाप, २९ साउन । लगातारको वर्षाका कारण उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका विभिन्न ठाउँमा बाटो अवरुद्ध भएको छ । 

लगातार वर्षाका कारण गुम्देलको टेकममा पहिरो गएर बाटो बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । वर्षाले गोरेको बाटो बगाएपछि गुम्देका चरी, पत्करी र च्याउँकेकाका बासिन्दालाई वडा नं १ वडा कार्यालयसम्म पुग्न तथा विद्यार्थीलाई विद्यालय आवतजावत गर्न थप समस्या भएको बालज्योति आधारभूत विद्यालय पत्करीका प्रअ डिबी कार्कीले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!