रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, २० जना घाइते

Posted on: 22 Sep, 2017

असोज ६ रामेछाप । रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा  तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । 


रामेछापको रामेछाप नगरपालिका-८ सानुवारीबाट काठमाण्डौ जान लागेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस सडकबाट करीब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमामा रामेछाप नगरपालिका-८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका-६ की २५ बर्षीया उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । घटनाको कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!