रामेछापमा जीप दुर्घटना, ११ जना घाइते

Posted on: 26 Sep, 2017

असोज १०, रामेछाप । रामेछापमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर छ ।

रामेछापको लिखु गाउँपालिकाबाट मन्थलीका लागि छुटेको ना १ ज ६०३९ नम्बरको जीप लिखु गाउँपालिकाकै हलेदेबेसीमा सडकबाट खस्दा दुई बालबालिकासहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको रामेछाप सहकारी अस्पताल र तामाकोशी अस्पतालमा उपचार भैरहेको छ । तीब्र गतिमा आएको मोटरसाइकल जोगाउन खोज्दा जीप सडकबाट खसेको रामेछाप प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!