सर्वाधिक पुरस्कार राशिको तेस्रो रामेछाप राष्ट्रिय भलिबल प्रतियोगिता मन्थलीमा हुने

Posted on: 27 Jan, 2018

प्रज्वल पौडेल। माघ १३,रामेछाप । सर्वाधिक पुरस्कार राशि रहेको तेस्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मन्थलीमा हुने भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा माघ १७ गतेदेखि २० गतेसम्म जिल्ला समन्वय समितिको प्राङगण मन्थलीमा प्रतियोगिता हुने भएको हो।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, द्धितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार र सान्वना हुने टिमलाई ३५ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडिलाइ नगद १० हजार सहित ट्रफी, उत्कृष्ट डिफेण्डर उत्कृष्ट ब्लकर, उत्कृण्ट सटर, उत्कृष्ट स्पाईकर र उत्कृष्ट सर्वरलाई ५ हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको कडेरियाले बताए । 


लिगकम नकआउटको आधारमा सञ्चालन हुने उक्तखेलमा प्रतियोगितामा सहभागी टोलीले प्लेइङ सेटमा तीन भन्दा बढि बिभागीय टोलीमा रहेका खेलाडीलाई खेलाउन नपाइने प्रतियोगिता संयोजक एवम् जिल्ला खेलकुद बिकास समितिका सदस्य सिताराम कार्कीले जानकारी दिए । उनले प्रतियोगितामा बिभिन्न क्षेत्रका १२ टोलीको सहभागीता रहने बताए । 

खेलाडिलाइ दैनिक भत्ताका साथै जिल्ला बाहिरका टीमका खेलाडिलाइ यातायात खर्च आयोजकले व्यहोर्ने जनाएको छ । खेलमा सहभागि हुन माघ १६ गतेसम्म टीम दर्ता गराउने सकिने छ ।

दोश्रो रामेछाप खुल्ला राष्ट्रिय भलीबल प्रतियोगितामा प्याराडाइज युवा क्लब बी प्रथम, हिमगंगा द्धितीय, नमुनादिप युवा क्लब तृतीय र लोकतान्त्रीक खेलकुद संघले सान्त्वना भएका थिए । खेलकुद प्रतियोगिताको समय नजिकिएसँगै लागी मैदान बनाउने लगाएत अन्य आवश्यक तयारी तिब्र रुपमा अगाडि बढिरहेको छ ।

तस्विर/ पुरुषाेत्तम कडेरिया



यस बिषयमा तपाइको प्रतिक्रिया...!