रामेछापमा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on: 13 Mar, 2018

फागुन २९, रामेछाप ।

रामेछापको मन्थली नगरपालिकामा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

मन्थली नगरपालिका वडा नं १ आकाशे स्थित देवेन्द्र श्रेष्ठको नयाँ घरमा वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं ९ घर भएका ३५ बर्षिय भुपेन्द्र थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

अपरान्ह ४ बजेतिर करेन्ट लागेर बेहोस भएका उनलाई उपचारको लागि तामाकोसी सहकारी अस्पतालमा पुर्याएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजकुमार थापाका अनुसार थापाको उपचारका क्रममा अस्पतालमा अपरान्ह् ५ बजे तिर मृत्यु भएको  हो।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!