रामेछापको खाडादेवी गाउँपालिकामा सुमो दुर्घटना

Posted on: 28 Mar, 2018


प्रज्वल पौडेल । चैत्र १४, रामेछाप । रामेछापमा खाडादेवी यातायातको सुमो दुर्घटना भएको छ । बुधबार बिहान गागलभदौरेबाट काठमाण्डौ जादै गरेको सुमो खाडाँदेवी गाउँपालिका ८ धुलेबेशी, खोला छेउमा दुर्घटना भएको स्थानीय  सरिता वाइवाले जानकारी दिनुभयो ।


उहाँका अनुसार  खाडादेवी यातायातको मे १ ज १७१८ नं सुमो साविकको वडा नं १ मा सडकबाट मुनी पल्टिएको हो । दुर्घटनाका घाइतेलाइ स्थानीयले उद्धार गरेका छन् । यात्रुलाई अर्को सुमो मार्फत काठमाण्डौ पठाइएको वाइवाले जानकारी दिनुभयो । सुमोमा क्षमता भन्दा भन्दा माथी यात्रु भएको जनाइएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

तस्विर/ सरिता वाइवा

यस बिषयमा तपाइको प्रतिक्रिया...!