रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

Posted on: 26 Dec, 2018

पुस ११, रामेछाप | रामेछाप नगरपालिका–२ देउरालीमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । 

मन्थलीबाट बालुवा बोकेर देउराली जाँदै गरेको ना४च १६३ नंको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीयवासी १३ वर्षीय सविन महतको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

मोडमा मोड्नेक्रममा ट्र्याक्टर ट्रली सडकबाट झरेको र बालक ट्रलीमै बसेकाले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक महोत्तरीका चन्द्रबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!