रामेछापमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम हुने

Posted on: 25 Jan, 2019

प्रमिला घिसिङ | माघ ११, रामेछाप | रामेछापको मन्थली नगरपालिका १०, चनखुमा सोनाम ल्होछारको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम एवम् शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ |

'तामाङ भाषा, कला, धर्म, संस्कृति हाम्रो पहिचान यसको संरक्षण एवम् सम्बर्द्धन गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथमा रामेछाप जिल्लाको मन्थली नगरपालिका-१० चनखुमा यही माघ २२ मा सो कार्यक्रम हुन् लागेको हो |

" युवाहरु सब एक हौँ - आफ्नो गाउँ आफैं बनाउ" भन्ने उदेश्यको साथमा हयाङ्ला ह्युल सामुदायिक संस्थाले सो कार्यक्रम आजोजना गरेको हो |

संस्थाले गत बर्ष वृहत साँस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गरि आफ्नो पहिलो वार्षिक उत्सब मनाइएको थियो | त्यसलाई निरन्तरता दिदैं संस्थाले यस वर्ष पनि वृहत साँस्कृतिक एवम् शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको हो | कार्यक्रम लामा गुरुहरुबाट पुजापाठ गरि शुरु गर्ने आयोजक संस्थाका सचिव मोतिराज तामाङले जानकारी दिनुभयो | सचिव तामाङका अनुसार कार्यक्रमका मुख्य आकर्षणहरु बोन्बो नाँच, गान्बा नाँचका साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ | कार्यक्रममा जिल्लाका केन्द्रीय स्तरका जनप्रधीनिधिहरूको समेत सहभागी हुने भएका छन् |

'तामाङ जातिको पहिचान नै आफ्नो कला, धर्म, संस्कृति  र भेषभुषा भएकोले यसलाई जोगाई राख्नु युवाहरुको दायित्व भएको संस्थाका अध्यक्ष्य कुलमान योन्जन (तामाङ) ले बताए | 

आयोजक संस्थाको कोषाध्यक्ष बसमया तामाङले कार्यक्रममा उपस्थितिको लागि रामेछाप जिल्लावासिहरु सबैलाई आग्रह समेत गर्नुभएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!