लाङ्टाङ निकुञ्जको जंगलमा आगलागी

Posted on: 06 May, 2018

वैशाख २३ रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा आज मध्याह्नदेखि आगलागी भएको छ । 

प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार ब्राबल पाखा क्षेत्रको त्रिशूली नदी किनारबाट केहीबेर अगाडि अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका छन् । 

डढेलो क्षेत्र अधिकांश भीरपहरामा रहेको र बढी हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन कठिनाइ भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि सम्भावित ठाउँमा फायर फायरिङ पनि अगाडि बढाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!