१ महिनादेखि बेपत्ता भएका रसुवाका डंगोल फेला

Posted on: 18 May, 2018

जेठ ४ रसुवा | गत चैत १६ गतेदेखि बेपत्ता भनिएका एक निजी विद्यालयका प्रबन्ध निर्देशकलाई बिहीबार साँझ प्रहरीले धुन्चेमा सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार आफ्नै तरङ्गमा बेपत्ता भएका बेत्रावतीस्थित त्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक चित्तमान डंगोललाई व्यापक खोजी गरी एक महिना १९ दिनपछि बिहीबार निजको श्रीमती लक्ष्मी ठोक्रा डंगोललाई बुझाइएको हो । 

नेपालमा नभेटिएको र एक्कासि भारत गएको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयको सहयोगमा भारतको चेन्नाईबाट भारतीय सुरक्षा निकायले पत्ता लगाई नेपाल पठाएको बताइएको छ । 

उत्तरगया गाउँपालिका–५ लहरे निवासी डंगोल गाउँबाट भागेर बेपत्ता हुनुको कारण पत्ता लागेको छैन । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!