रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडक उद्घाटन

Posted on: 20 May, 2018

जेठ ६ रसुवा | चीनसँगको एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफू बेँसी सडक उद्घाटन भएको छ।गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै रसुवागढी जोड्ने सडकको मैलुङ–स्याफू बेँसी सडकखण्डको आज उद्घाटन भएको हो ।


रक्षामन्त्री ईश्वर पोखरेलले बिहान करिब नौ बजे रिबन काटेर सडकको उद्घाटन गरेका हुन् । उद्घाटनका लागि रक्षामन्त्री पोखरेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ रसुवा आएका थिए ।कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा पनि उपस्थित हुने बताइएको थियो तर उनी आएनन् ।

नेपाली सेनाद्वारा निर्माण सम्पन्न भएको सडक उद्घाटन भएपछि गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनालाई आजै हस्तान्तरण गरिँदै छ ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको थियो । 

तीन वर्षमा दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो। भूकम्पले अधिक क्षति पुर्याएको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक भने  एक लेनको मात्रै बनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!