रसुवाको कालिकामा प्रहरीचौकी स्थापना

Posted on: 15 Feb, 2018

फागुन ३, रसुवा | ग्रामीण समुदायमाझ शान्ति सुरक्षा प्रदान गर्न कालिका गाउँपालिकाको ग्राङमा प्रहरीचौकी स्थापना गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार कालिका गापाको वडा नं १ ग्राङलगायत आसपास क्षेत्रमा जनघनत्व बढ्दै जाँदा अवाञ्छित गतिविधि बढ्न सक्ने र अर्कोतर्फ मूलखर्क तथा राम्चे क्षेत्रको पहिरोका कारण पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधन अवरोध भई हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । 

एक ट्राफिक, एक जिल्ला प्रहरीसमेत रसुवा जिल्लामा सुरक्षाचौकीको संख्या १३ पुगेको बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!