रसुवाको तिरुगाउँमा मोटरबाटो निर्माणका लागि प्रस्ताव

Posted on: 18 Feb, 2018

फागुन ६, रसुवा | विकट तिरुगाउँमा मोटरबाटो पुनः निर्माणका लागि प्रस्ताव गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार भूकम्प प्रभावित बासिन्दालाई पुनर्वास गराउन उत्तरगया गापा–१ तिरुगाउँमा एकीकृत बस्ती बसाल्ने कार्यनीतिअनुरुप निर्माणलाई सहज पार्न मैलुङदेखि तिरुगाउँसम्मको सात किमी सडक तत्काल निर्माण गर्न जिल्ला दैवी प्रकोप उद्धार समितिले माग गरेको छ । 

उक्त सडक निर्माणका लागि दैवी प्रकोप समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको डोलीडार संस्थासंग समन्वय भइरहेकाले यसलाई छिटो कार्यान्वयनमा जिम्मेवार निकायसंग आग्रह गरिएको छ । 

विसं २०७२ को भूकम्पका असरले आफ्ना थातथलो छाड्न बाध्य भएका बासिन्दाका लागि जिल्लाको उपयुक्त ठाउँमा जग्गाको छनोट र अध्ययन कार्य भइरहेको बताउँदै प्रजिअ न्यापानेले पहिलो चरणमा बेत्रावतीको बोगटीटार क्षेत्रमा ४८ घरपरिवारलाई भने घडेरीको व्यवस्था मिलाइ सकिएको जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!