गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on: 22 Mar, 2017

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।  

केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् ।


विश्व रेकर्ड कायम गर्नका लागि कर्णले नेपालकै सबैभन्दा लामो सडकपुल बर्दियाको कर्णाली गेरुवा पुलको माथी रहेको फलामको डण्डीमा वारपार गर्ने भएका छन् ।  यो पुलको लम्बाई १ हजार १५ मिटर रहेको छ । यो पुलमा हिँडेर विश्व रेकर्ड कायम नभएमा कर्णाली चिसापानीकोपुल माथि हिँड्ने बताएका छन् । 


सानैदिखि गिनिज बुकमा नाम लेखाउने सपना बोकेका कर्ण साङ्गितीक क्षेत्रमा निकै क्रियाशील रहेका छन् । उनी मध्य सुदुरका विभिन्न साँस्कृतिक कार्यक्रम तथा मेलामहोत्सवहरुमा पनि गीत गाउने गरेका छन् । सानै देखिको यो सपना पुरा गर्नका लागि यो सहासिक काम गर्न लागेको साझा सबाललाई बताएका छन् । यसका लागि सहयोग गरिदन विभिन्न सञ्चारमाध्यममा आवद्द पत्रकारहरु तथा अन्य व्यक्तिहरुलाई आग्रह गरेका छन् ।

 

कोठियाघाटको पुलको बारमा आगामी बैशाख १७ गते उनले अाफ्नै जन्मदिनको अवसर पारेर वारपार गर्ने बताएका छन् । सबै बर्दियाली युवा कर्ण सन्ज्यालको यो सहासिक कदम सफल रहोस् शुकामना । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!