धार्मिक, पर्यटकीय, एेतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर

Posted on: 22 Nov, 2016


कालिकामाई मन्दिर परिसर र यहाँबाट देखिने सूर्यास्तको दृश्य


रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक, साँस्कृतिकऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर (धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर धैबुङ्ग गाविस ५ कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई मन्दिरको नामबाटै यस ठाँउको नाम कालिकास्थान रहन गएको स्थानीयबासीहरू बताउँछन् ।

कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको काठमाण्डौँदेखि ९४ किमी उत्तर, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ ।

सामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो ९ गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।

प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । 




नुवाकोटको बागेश्वरीबाट देखिने कालिकास्थान र वरपरको दृश्य १



                                                                                                               नुवाकोटको बागेश्वरीबाट देखिने कालिकास्थान र वरपरको दृश्य २

वि.सं. २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिषरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहासिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् । हाम्रो कालिकास्थानको प्रचार गरी पर्यटन विकास र प्रवर्दनमा टेवा पु¥याऔं ।


हरेपौवाको गोम्बोडाँडाबाट देखिने कालिकास्थान र वरपरको दृश्य 


नुवाकोटको मनकामना गाविस अर्चलेबाट देखिने कालिकास्थानको दृश्य 



अक्षरहरू हाम्रो कालिकास्थान धैबुङ्ग, रसुवा को फेसबुकबाट साभार र तस्वीर प्रेमप्रसाद पौडेल

यस बिषयमा तपाइको प्रतिक्रिया...!