९० प्रतिशत मतदाता परिचयपत्र वितरण

Posted on: 13 May, 2017

बैशाख ३०, रसुवा । आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आआफ्नो परिचयपत्र प्राप्त गरेका छन् । 

जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ४२ मतदान केन्द्रमा मतदाताले आआफ्नो मतदान परिचय लिइरहेका छन् । 

पाँच गाउँपालिका रहेको जिल्लामा २७ हजार आठ सय ५४ मतदाता छन् । बाँकी १० प्रतिशत मतदाताले आजसम्म परिचयपत्र लिइसक्ने अपेक्षा राखिएको अधिकृत पौडेलले बताउनुभयो । 

पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड र उत्तरगयामा आठ आठ, पार्वतीकुण्डमा छ , नौकुण्डमा ११ र कालिकामा नौ मतदाता केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!