रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी

Posted on: 15 May, 2017

जेठ १, रसुवा । रसुवाको दुईवटा वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । 

पार्वतीकुण्ड गाउँपालिका–१ र उत्तरगया गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेद्वार विजयी भएका छन् । उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी भएका छन् ।  

यस्तै पार्वतीकुण्ड गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी भएका छन । उनले एक सय ४६ मत प्राप्त गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!