मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

Posted on: 01 May, 2019

वैशाख १८, हेटौँडा (रासस) | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

“आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले आज १३० वर्ष पूरा गरेको छ । यस  सुखद् अवसरमा नेपाली श्रमिक वर्गलाई १३०औँ मे दिवसको धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्दछु । नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गले आफ्नो रोजगारी र जीवनको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गरेकामा उच्च समान प्रकट गर्दछु । यो वर्ष श्रमिकपक्षीय ऐन, कानून, नियमावली निर्माण भई कार्यान्वयनमा आइसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सकारात्मक काम हो । नेपाली श्रमिक वर्गलाइ धेरै धेरै बधाई” सन्देशमा उल्लेख छ ।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसहितको भ्रमण टोलीमा मुख्यमन्त्री पौडेल सहभागी हुनुहुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!