रसुवा महोत्सवमा ४० लाख बराबरको कारोबार

Posted on: 23 Jan, 2017

माघ १०, रसुवा । महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने नाराका साथ रसुवा तेस्रो महोत्सव सम्पन्न भएको छ । 

महोत्सव अवधिमा रु ४० लाख बराबरको कारोबार भएको छ । महोत्सव आयोजक संस्था लहरेपौवा महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालका अनुसार गत पुस २८ देखि माघ ९ गतेसम्म आयोजित महोत्सवमा २० हजारले अवलोकन गरेको र स्टलमा राखिएका कृषिजन्य, हस्तकला, काष्ठकला, कृषि औजारलगायतका सामग्रीले ग्रामीणवासीलाई काममा थप प्रेरणा मिलेको जनानइएको छ । 

महोत्सव अवधिभर पर्यटन व्यवसायी, विभिन्न विधाका कलाकर्मी, गीतकार, गायककार, राजनीतिक दलका प्रतिनिधि समेतको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!