रसुवाका पर्यटकीय क्षेत्रको सरसफाइ

Posted on: 23 Feb, 2017

फागुन १२, रसुवा । सेना दिवसका अवसरमा यहाँको पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । 

हिमाली क्षेत्रको जैविक विविधता संरक्षणका लागि यहाँ स्थित नेपाली सेना नारायणदल गणको अगुवाइमा धुन्चे बजार र आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो । 

सरसफाइबाट दुई टनभन्दा बढी फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

सरसफाइ कार्यक्रममा सांसद, प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक, विद्यार्थी र नागरिक समाजका अगुवालगायतका सहभागिता थियो । 

पर्यटक आगमन हुने मुख्य समयमा भएको विशेष सरसफाइ कार्यक्रमले वातावरणमा सहजता आएको स्थानीयवासीले बताएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!