सशस्त्र प्रहरीको निधन

Posted on: 10 Sep, 2017

भदौ २५, रसुवा। पासाङल्हामु राजमार्ग मर्मतका क्रममा शनिबार घाइते भएका सशस्त्र प्रहरी जवानको आज निधन भएको छ । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार मृत्यु हुनेमा नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठ छन् । 

गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गाले श्रेष्ठको टाउकामा चोट लागेकामा हेलिकप्टरबाट काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार गर्दागर्दै आज अपराह्न १:१५ बजे निधन भएको वाग्लेले जानकारी दिनुभयो । निजको घर बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!