गोसाइँकुण्ड पदमार्गमा एकको मृत्यु

Posted on: 03 Aug, 2018

साउन १८, रसुवा | गोसाइँकुण्ड गएका एक यात्रुको आज पहिरोमा परेर निधन भएको छ । 

मृत्यु हुनेमा रौतहट चन्द्रनिगाहपुरकी ३३ वर्षीया नम्रता कार्की रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । 

साथीहरुसंग गोसाइँकुण्डतर्फ जाने क्रममा धुञ्चेभन्दा एक घण्टाको दूरी पूर्व पैदल मार्गमा पर्ने मिनिगोसाइँकुण्ड आसपासका क्षेत्रमा पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

पहिरोमा परी घाइते भएकी चन्द्रनिगाहपुरकी अन्दाजी ३५ वर्षीया रमा आचार्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते आचार्यको टाउकोमा चोट लागेको उहाँका उपचारमा संलग्न डा समृद्ध थापाले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!