रसुवागढी जलविद्युत् आयोजनाको बाँध निर्माण स्थगित

Posted on: 08 Aug, 2018

साउन २३, रसुवा | निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको बाँध बनाउने काम स्थगित भएको छ । 

आयोजना प्रमुख छवि गैरेका अनुसार वर्षाका कारण पानीको बहाव ह्वात्तै बढ्न गई भोटेकोशी नदीले बाँधस्थलबाट नयाँ धार लिएपछि बाँध निर्माण स्थगित गर्नुपरेको हो । 

पानीको बहाव प्रतिसेकेण्ड झण्डै पाँच हजार घनमिटर रहेको अनुमान छ । पानीको बहाव बढेपछि बाँधस्थलमा भएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताइएको छ । 

भूमिगत संरचनाको काम भने निर्वाधरुपमा सञ्चालन भइरहेको छ । चार हजार २०३ मिटर हेडरेस सुरुङको निर्माण अन्तिम चरणमा पुगेको बताइको छ । 

यही साउन ११ गते क्षति भएको टिमुरे घट्टेखोला राजमार्गको पक्की पुल मर्मत द्रुतरुपमा अगाडि बढिरहेको सडक डिभिजन नुवाकोटाका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!