एक विदेशी पर्यटकको मृत्यु

Posted on: 07 Nov, 2018

कात्तिक २१, रसुवा । लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको बुधबार बिहान धुञ्चेमा निधन भएको छ।

धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए।

सामान्य रुघाखोकी लागेपछि उनले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेको थियो। उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!