केक काटेर रेडपान्डाको जन्मदिन

Posted on: 17 Apr, 2019

वैशाख ४, रसुवा । धुन्चेमा २४ औं वन्यजन्तु सप्ताहका अवसरमा विश्वमै दुर्लभ रेडपान्डाको दसौं जन्मदिन केक काटेर मनाइएको छ । यसरी रेडपान्डाको जन्मदिन मनाउन थालिएको यो चौथोपटक हो ।

केक काट्नुअघि धुन्चे बजारमा लामा झाँक्रीसहितको र्‍याली निकालिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ सरकारका वातावरणमन्त्री अरुण नेपालले रेडपान्डाको ‘डमी’ लाई केक काटेर खुवाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!