बाढीले रसुवाको भोटेकोसी नदीमाथिको बेलिब्रिज बगायो

Posted on: 19 Aug, 2019

भदौ २, रसुवा | अविरल वर्षापछि आएको बाढीले सडक कटान गरेपछि रसुवास्थित भोटेकोसी नदीमाथिको पुल बगाएको छ । रसुवागढी जलविद्युत आयोजना आवतजावतका लागि प्रयोग हुँदै आएको बेलिब्रिज पुल आइतबार राति बगाएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

टिमुरेदेखि रसुवागढी जलविद्युत जाने बाटोको पुल बगाएको हो |  उनले भने,अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।’ नदीमा पानीको सतह बढेकोले किनारा क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको अधिकारीले बताए  |


यस बिषयमा तपाइको प्रतिक्रिया...!