पत्रकारलाई ज्यान मार्ने धम्कि

Posted on: 20 Dec, 2019

पुष ४, रसुवा | अस्ट्रेलियाकि बालिकामाथि बलात्कार प्रयास गरेको समाचार लेखेको बिषयमा आरोपितका परिवारले नेपाल पत्रकार महासंघ रसुवाकि महिला उपाध्यक्ष अनु आचार्यलाई मार्ने धम्कि दिएका छन् । 

आचार्यले लेखेको समाचारको आधारमा कालिका गाउँपालिकाकि अध्यक्ष सीताकुमारी पौडेल अधिकारी तथा उनका परिवारका सदस्यले फोन मार्फत धम्कि दिएको पत्रकार आचार्यले जानकारी दिएकी छन् ।

अस्ट्रेलियाको १२ बर्षीय बालिकालाई गत मङ्सिर २८ गते कालिका गाउँपालिका २ का २९ बर्षीय सुनील पौडेलले नजिकैको जंगलमा बलात्कारको प्रयास तथा दुर्व्यवहार गरेको घटनाको समाचार लेखेको बिषयलाई लिएर पत्रकार माथि अपशब्द प्रयोग गर्दै धम्कि आएको हो ।

गाउँपालिका अध्यक्षले  'त पत्रकार होस् पत्रुकार होस् र बलात्कारी बनाउने त नै होस्' लगायतका शब्दले गालीगलौच गरेको पत्रकार आचार्यले वताएकि छन् ।

त्यस्तै कतारमा रहेका उनका भाईले जे पनि गर्न सक्छु भन्दै धम्कि दिएका छन् भने सुनिलकि पत्नी, आमा र गाउँपालिका अध्यक्षको छोरीले समेत फोनमा धम्क्याएका छन् । 

तश्वीरमा: पत्रकार आचार्य 

यस बिषयमा तपाइको प्रतिक्रिया...!