चिनीया पर्यटकसँगै राजश्व संकलन बढ्दै

Posted on: 17 Sep, 2016

असोज-१, रसुवा । रसुवागढी नाकाबाट चिनीयाँ पर्यटकको आवागमनसँगै रसुवामा पर्यटकीय राजश्व संकलनमा बृदिद भएको छ । लाङटाङ क्षेत्रमा आउने पर्यटक र रसुवागढी नाकाबाट आएका पर्यटकबाट लिइएको राजश्व १ करोड लाख ७६ हजार ६ सय ५८ रुपैयाँ राजश्व संकलन भएको लारानिले जनाएको छ । रसुवागढी नाकाबाट गत कार्तिक २८ गतेबाट पर्यटकको आवागमन हुन थालेको र हालसम्म आएका ११ हजारको संख्यामा चिनीयाँ पर्यटक नेपाल भित्रिएको अध्यागमन  कार्यालयबाट बुझिएको छ । 

साउन २०७३ देखि २०७३ असार मसान्तसम्ममा यस क्षेत्रमा आउने प्यटकको संख्या ४ हजार ९ सय २६ जना रहेको छ । शार्क र अन्य मुलुकबाट गरी ४ हजार ९ सय २६ पर्यटक आएका छन् ।

त्यसैगरि वनपौदावरबाट ९ लाख २९ हजार ०१ सय २ रुपैयाँ , होटलबाट २२ लाख ५५ हजार ४० रुपैयाँ राजश्व संकलन भएको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सूर्य खडकाले बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!