समृद्धिको नेतृत्व एमालेले गर्ने: नेता नेपाल

Posted on: 19 Feb, 2018

फागुन ७, रौतहट | नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपालले रौतहटको गौरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुनेछ भन्नुभयो । उहाँले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताउनुभयो । 

कार्यक्रम प्रेस चौतरी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!