रौतहटको गरुडाको बजेट रु ३९ करोड ७२ लाख

Posted on: 12 Feb, 2018

माघ २९, रौतहट (रासस) | संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा रौतहट सबैभन्दा पछि परेको बताउनु भएको छ । 

गरुडा नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै उहाँले जिल्लामा कुनै सरकारी विद्यालय पढ्नलायक र सरकारी अस्पतालमा उपचार गराउन सक्ने अवस्था नरहेको टिप्पणी गर्नुभयो । जंगल, जलजस्ता प्राकृतिक स्रोतसाधनको अभावमा पनि प्रदेशलाई समृद्ध बनाउन जनप्रतिनिधिका लागि अवसर र चुनौती दुवै रहेको यादवको भनाइ थियो । 

नगरपालिकाको पहिलो नगरसभामा प्रमुख इन्दुराय यादवले चालु आव २०७४/७५ का लागि करीव रु ३९ करोड ७२ लाखको बजेट प्रस्तुत गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!