माओवादी केन्द्रको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Posted on: 24 Apr, 2017


चंचल कुमार झा | बैशाख ११, रौतहट । रौतहट जिल्लाको दुर्गा भगवति गाँऊपालिकामा नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला सम्पन्न भएको छ । दुर्गा भगवति गाँऊपालिका वडा नम्बर ६ पचरुखीमा आज सोमवार कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । 

आज भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता डि.के. झाको पहलमा सैकडो नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेकपा एमाले,फोरम नेपाल,सदभावना पार्टी लगायतका पार्टी परित्याग गरी सुरेश राय,राकेश मिश्रा,श्यामाकान्त झा,विरेन्द्र ठाकुर, सुरैन मिया लगायत सैकडो नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रकमा प्रवेश गरेका छन् । नव प्रवेसीहरुलाई टीका लगाई स्वागत गरिएको छ । 

श्री प्रसाद मुखियाको अध्यक्षतामा भएको नेकपा माओवादी केन्द्रको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी को केन्द्रिय सदस्य राजकिशोर यादब प्रमुख अतिथि रहनु भएका कार्यक्रममा युवा नेता डि.के. झा, रामपुकार दास लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!