रौतहटमा विश्व शिक्षाको कार्यक्रम र किशोरी शिक्षा सफल रहेको प्रजिअ वरालको भनाई

Posted on: 04 Dec, 2016

मंसिर १९, रौतहट । रौतहट जिल्लामा संचालिन किशोरी शिक्षा अत्यधिक प्रभावकारी सफल रहेको रौतहट प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताउनु भएको छ । विश्व शिक्षाको सहयोगमा ग्रामिण विकास केन्द्र, नेपालको सहकार्यक्रमा रौतहटको करिव ४२ गाविसमा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तर्गत गेट कक्षा र आमा कक्षाको आज आईतवार अवलोकन गर्ने क्रममा  प्रजिअ वरालले संचालित किशोरी र आमा कक्षाहरु सफल र प्रतिफल दिन सफल रहेको बताउनु भएको छ ।

नेपालको शैक्षिक सुचांकमा रौतहट जिल्ला ७५ औँ स्थानमा रहेकोले शैक्षिक सुचाँकमा बृद्धि संगै मानव सुचाँकको सुधार गर्ने उदेश्यका साथ विश्व शिक्षाले रौतहट जिल्ला लगायत मधेश तराईका चार ओटा जिल्ला सर्लाही, महोत्तर र धनुषामा समेत यो किशोरी शिक्षा संचालन गरिएको अनुगमनमा संलग्न रहेका विश्व शिक्षाका सहायक कार्यक्रम अधिकृत मदन रामले बताउनु भएको छ ।

जिल्लाको गाविस पिप्रा भगवानपुरका दुई किशोरी गेट कक्षा र फतुवा महेशपुरको एक ओटा गेट र एक ओटा आमा कक्षाको अवलोकन गरिएको आरडिसी नेपालका अध्यक्षा पारस हुसैनले बताएका छन । 

अवलोकन कार्यक्रममा शसस्त्र प्रहरी रौतहट एसपी, नेपाल प्रहरी डिएसपी नविन कृष्ण भण्डारी र आरडिसी नेपालका कार्यक्रम समयोजक ममताज रायँ भाटँको उपस्थित रहेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!